अर्जुनधारा । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेका एक पैदलयात्रीको मृत्यु भएको छ ।
चार दिनअघि असार १ गते राति ८ः४५ बजे अर्जुनधारा नगरपालिका २ रातेस्थितभित्री सडकखण्डमा खुदुनावारीबाट रातेतर्फ जाँदै गरेको मे ४ प ७४६७ न. को मोटरसाइकलले पैदलयात्री वडा नं २ बस्ने ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेर घाइते भएका दर्जीलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ बस्ने २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको छ ।





















































