भद्रपुर । झापाको भद्रपुरमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आयोजनामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम समपन्न भएको हो ।

जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, टोल संगठन, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत नगरवासीहरुको उल्लेखित उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो ।

नगरप्रमुख गणेश पोखरेलले उदघाटन गर्नुभएको कार्यक्रममा अघिल्लो वर्षको सार्वजनिक सुनवाइमा प्रतिवद्धता जनाइएका विषयहरु कार्यन्वयन भए नभएका वारेमा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी गराउएका थिए भने कार्यक्रमको संचालन विजय तिम्सिनाले गरेका थिए ।