धुलाबारी । संघीय सांसद बिश्वप्रकाश शर्माले सांसद तथा जनप्रतिनिधिहरुले राजनीति आस्थाभन्दा माथि उठेर जनसेवा गर्न सांसद शर्माको आग्रह गरेका छन् ।
झापाको धुलाबारी खानेपानी उपभोक्ता समितिले नयाँ ओभरहेड टेंकीको शिलान्यास गर्दै सोमबार उनले त्यस्तो आग्रह गरेका हुन् ।IMG_20250616_085203
`मैले पनि नेपाली काङ्ग्रेसबाट उठेर जितेको हुँ । प्रदेश सदस्य  मान्य गोपाल तामाङले पनि काङ्ग्रेसबाट र मेचीनगरका मेयर गोपाल बुढाथोकीले एमालेबाट जित्नुभएको छ । जितिसकेर पुगेको ठाउँमा पुगेपछि यो पार्टी वा त्यो पार्टीको भनेर नसोची साझा रुपमा काम गरे समग्र देशले विकासको उच्चाई थप्न सक्छ, काङ्ग्रेस महामन्त्री शर्माले भने,-`त्यसो गरेमात्रै सबै नागरिकले राहत महशुस गर्न पाउन्थ्ये । ´
उनले झापा क्षेत्र -१ मा शान्तिनगर, बाहुनडाँगी, चारआली, चन्द्रगढी, धुलाबारी र काँकरभिट्टा क्षेत्रहरुमा एक सय करोडको खानेपानीका योजनाहरुमा काम भइरहेको जानकारी दिए ।FB_IMG_1750062335406
कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङले गणतन्त्रमा मात्रै जनताको काम हुने भन्दै गणतन्त्रको विकल्पै सोच्न नसकिने बताएका थिए । उनले गणतन्त्रले मात्रै हालसम्म विकास निर्माण गरेको भन्दै आफू जनप्रनिधि भएकै भएपनी गणतन्त्रका विरोधीहरुले गलत हल्ला फैलाउने गरेको बताएका थिए ।
उनले स्थानीय तह, प्रदेश र संघीय सांसद जो भएपनी, नयाँ परिवर्तन आएपनी पटकपटक पार्टीका अध्यक्ष र प्रधानमन्त्री बनिसकेका नै प्रधानमन्त्री हुने भएकाले अब त्यसो गर्न नहुने धारणा राखेका थिए । विगत वर्षहरुमा विकासका धेरै काम भएको उल्लेख गरेका थिए ।FB_IMG_1750062342808
संघीय बजेट अनुसार आफ्नो नेतृत्वमा झापा क्षेत्र नम्बर १ मा हालेको बजेटअनुसार सबैभन्दा बढी खानेपानी शीर्षकमा लगानी गरेको बताउँदै नेता शर्मले भने, `अबको केही समयपछि कोही पनि नागरिक शुद्ध पिउने पानी खानबाट बन्चित हुनुनपरोस् ।´
मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले आम नागरिकले विकासको अपेक्षा धेरै गरेकाले नगरभित्रको सीमित स्रोत साधनका कारण विकास निर्माणको काम गर्न समस्या देखा परेको बताए । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता छोरा अनिल भट्टराई लगायतले शुभकामना मन्तव्य राखेकाको थिए। IMG_20250616_095924
धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा जग्गा दाताका पशुपति भट्टराई  र रुपा भट्टराईलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।
उक्त सम्मानपत्र बुवा टंक भट्टराई तथा छोरा र बुहारीलाई प्रमुख अतिथिले हस्तान्तरण गरेका थिए । खानेपानी संस्थाका उपाध्यक्ष हिमालय आङदम्बेले स्वागन्त व्यक्त गरेकोकार्यक्रम सचिव उमानाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।