बिराटनगर । कोशी प्रदेश सरकारले २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार उक्त   अनुमान बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगत तर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको सार्वजनिक गरेका थिए । आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।