दमक । पूर्वप्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्‌मा विचाराधीन विधेयकहरूलाई पारित गराउन संसद् खुलाउने सहमति गरिएको बताए।
झापाको दमकमा शनिबार आयोजित कोचिला, धिमाल, झाँगड, उराउ, सन्थाल तथा मेचे समुदायका संयुक्त राष्ट्रिय अधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
आफू प्रधानमन्त्री भएको बेला अत्यन्तै महत्वपूर्ण ठानिएका  शिक्षा विधेयक, संघीय निजामती विधेयक र नागरिकता लगायतका विधेयक पारित गराउनका लागि संसद् खुलाउन सत्ता साझेदार दलहरूसँग समझदारी गरिएको स्पष्ट पारेका थिए ।
`संसद अधिवेशन अवरुद्ध गरेका थियौं, सरकारले छानबिन समिति बनाएर एक महिनाभित्र समस्या किनारा लगाउने भनेपछि  संसद खोलेर बहस गर्न तयार भएका हौं, उनले भने ।
उनले संसद् खुलाउन माओवादी केन्द्रले सत्ता साझेदारसँग समझदारी गरेर मिलेमतो गरेको बजारमा आएका अन्य हल्लाहरू ‘वाहियात´ भएको भएको भन्दै नेता प्रचण्डले भने, `जसरी देशको ब्यवस्था फेर्ने लोकतन्त्र ल्यायौं त्यसैगरी अवस्था फेर्ने समाजबादसँगै बिधेयक पारित गर्नुछ त्यसैले सांसद नरोक्ने सहमती गरेको हो ।´
हामीले यी विधेयकहरू ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका हौँ। त्यसैले विधेयक पास नहुने स्थिति आएपछि सदन खुलाउने सहमति गरिएको उनको भनाई थियो ।
उनले समाजवादी क्रान्तिको पूर्वाधार निर्माण गर्न विभिन्न वर्ग समूहहरूलाई सक्रिय बनाउने दिशामा पार्टी लागेकाले सबै जातजातीको अधिकार बोलिदिने पार्टीको रुपमा हेरिदिन सबैलाई अपिल समेत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश इन्चार्ज हरिबोल गजुरेल, पुर्व सभामुख अनसरी घर्तीमगर, किराँत राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रामकुमार राई, भोटे राष्ट्रिय मुक्ति मोर्चा नेपालका सोना भोटे, लिम्बुवान राष्ट्रिय मुत्ति मोचर्चा, नेपालको अध्यक्ष मुक्साङहाङ्ग मेडवो, थारु राष्ट्रिय मुत्ति मोर्चा नेपालका रामकुमारी चौधरी, संविधान सभा सदस्य पूर्णसिंह राजबंशीलगायतले सम्बोधन गरेका थिए ।
मोर्चाको संयोजक ममता राजबशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामलखन भागतले स्वागत तथा मोहन टुडुले सञ्चालन गरेका थिए ।