धुलाबारी । झापाको मेचीनगर-१० स्थित महेन्द्र राजमार्गको किनारमा अपरिचित युवाको वेवारिसे शव फेला परेको छ ।
राजमार्गको किनार पुरानो सोलमिलको पर्खालछेउको झाँडीमा नाम थर वतन नखुलेको वेवारिसे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

रातो भेष्ट, सेतो सेण्डु र कालो टाउजर लगाएको अन्दाजी ३०/३५ वर्षको देखिने, दाहिने हातमा अंग्रेजीमा `भगिरथ´ र देब्रे हातमा `लभ´ नामक टाटु खोपेको ती युवाको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

सम्बन्धित परिवारलाई शव बुझ्न प्रहरीले आग्रह गरेको छ ।