एजेन्सी । अहमदाबादमा एयर इण्डिया विमान दुर्घटनामा परी गुजरातका मुख्यमन्त्री विजय रुपानीसहित २२३ जनाको मृत्यु भएको छ ।

गुजरातको अहमदाबादबाट लन्डन ग्याटविक जाँदै गरेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर (उडान AI171) बिहीबार दिउँसो मेघाणीनगर क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा हालसम्म २२३ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि निधन भएको छ।

विमान दिउँसो २ बजे सर्दार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेपछि ‘मेडे’ सन्देश पठाउँदै सम्पर्कविहीन भएको थियो। केही समयमै विमान BJ मेडिकल कलेजको होस्टलमा खस्दा ठूलो विस्फोट र आगलागी भएको थियो।

विमानमा २४२ जना सवार थिए, जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली, १ क्यानाडाली नागरिकसहित चालक दलका सदस्य र दुई शिशु थिए। हालसम्म २२३ जनाको शव फेला परेका छन् भने जीवित उद्धारको कुनै पुष्टि छैन।

सरकारले हेल्पलाइन सुरु गर्दै राहत कार्य अघि बढाएको छ। नागरिक उड्डयन मन्त्रालयले घटनाको छानबिन शुरू गरेको छ। यो भारतीय उड्डयन इतिहासकै एक गम्भीर दुर्घटना मानिएको छ।