मेचीनगर । सुनमा कर बृद्धि गरेको बिरोधमा सुन व्यवसायी आन्दोलित भएका छन् । मंगलबार सुनचाँदी व्यवसायीले काँकरभिट्टामा करको विरोद्धमा प्रदर्शन गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरले ‘सम्पूर्ण सुनचाँदी व्यवसायी, कालिगढ तथा कर्मचारी एक हौँ’ व्यानरसहित सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवारत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता कर्मचारी, कालिगढ तथा व्यवसायी मैत्री ऐन तुरुन्त जारी गर लगायतका नारा, प्लेकार्ड बोकेर काँकरभिट्टा बजारमा विरोद्ध प्रदर्शन गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगरका अध्यक्ष टोलबहादुर सुनुवार (नारायण) ले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेजीको माग गर्दै विरोद्ध गरिएको बताए ।

राज्यले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने उनको भनाई छ । सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सुनमा कर बृद्धि गरेपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।