झापा । हात्तीलाई छेक्न लगाएको तारबारमा करेन्ट लागेर झापा कचनकवलमा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान ८ः३० बजे कचनकवल गाउँपालिका-७ बैगुनबारी बस्ने ६५ वर्षीय किर्खनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउनको लागि लगाएकोमा तारबारमा छुन पुगी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

यसअघि जेठ २३ गते कनकाई वडा नं. २ जामुनखाडीमा हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका थिए ।