बिर्तामोड । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको छ ।
आइतबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा संस्थाकी अध्यक्ष रेजिना गौतमले कोषमा ५० लाख पुगेको घोषणा गरे ।
२०६९ सालमा स्थापना गरिएको संस्थाले पत्रकार महिलाहरुको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि अम्बिका भण्डारी अध्यक्ष रहेको बेला अक्षयकोषको सुरुवात गरेको थियो ।२०७५ सालदेखि सुरु भएको अक्षयकोषमा हाल ५१ लाख ५१ हजार रुपैयाँ पुगिसकेको संस्थाकी कोषाध्यक्ष स्वास्तिका आचार्यले जानकारी दिइन् ।
कोषमा संस्थागत तथा व्यक्तिगत सहयोग प्राप्त हुँदै आएको र एक करोड रुपैयाँको अक्षयकोषको लक्ष्य राखिएको अक्षयकोष व्यवस्थापन तथा परिचालन समितिकी संयोजक ज्योत्सना श्रेष्ठले जानकारी दिइन् ।
यसैबीच, सोही कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नारी सञ्चार गृहले प्रकाशन गरेको सञ्चारमा नारी पुस्तक विमोचन गरिएको गरेकी थिइन्। पुस्तकमा ४३ जना लेखकको रचनाहरु रहेका छन् । कार्यक्रमकै बीच अक्षयकोषलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।