मेचीनगर । रुखबाट लडेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ ।आइतबार बिहान मेचीनगर-२ संगम टोल बस्ने ६४ वर्षीय मित्रलाल नेपालको आँगनमा रहेको आँपको रुखबाट लडेर मृत्यु भएको हो ।
हाँगा काट्न रुख चढेका नेपाल अनियन्त्रित भएर लडेका थिए । बिहान ८ बजे घाइते भएका नेपाललाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएको थियो । उनको उपचारकै क्रममा ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिएका छन् ।