चारआली । ट्रिपर दुर्घटनापछि पिडक पक्षलाई प्रहरीले उपस्थिति गराउन नसकेको भन्दै सवारी दुर्घटना सहयोग तथा समन्वय समिति मेचीनगर-१३ ले चरणबद्द आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
१७ दिनअघिको घटनाका पिडक ट्रिपर सञ्चालक पक्षलाई हालसम्म प्रहरीले छ्लफलमा सहभागी गराउन नसकेको भन्दै समितिले प्रशासनको स्पष्ट जवाफ नआए चरणबद्द आन्दोलन गर्ने  बुधबार पत्रकार भेटघाटमा बताएका हुन्  ।
गत जेठ ४ झापाको मेचीनगर-१४ दुहागढीमोडमा मोटरसाइकलमा सवार दम्पती मानप्रसाद लिम्बू र टीकाकुमारी लिम्बूलाई स.१ क १८१ नम्बरको ट्रिपरले पछाडीबाट ठक्कर दिएको थियो ।
ट्रिपरले ठक्करबाट मानबहादुरको कम्मरमुनिको भागमा चोटपुग्दा अण्डकोष निस्किएको थियो भने टीकाकुमारीको दुबै खुट्टाको घुँडामुनि चक्का कुदेकोले दुबै खुट्टा काटिएको छ । हालसम्म बिएण्डसी अस्पतालमा उपचारको क्रममा रहेका मानबहादुर र टीकाकुमारीको ३० लाख बढी खर्च आएको समितिका संयोजक लालबहादुर थेवेले पत्रकारसमक्ष जानकारी दिए । ट्रिपर सञ्चालक विकास निर्माण सेवा प्रालीका प्रोपाइटर मन्टुन भनिने नन्दकिशोर शाह फरार रहेको र पटकपटक प्रहरीलाई जाहेरी दिँदासमेत आलटाल गरेर संयोजक थेवेले जानकारी दिए ।
आज हामीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मा पिडकलाई नियन्त्रणमा लिएर पीडितको औषधि उपचार खर्च जुटाउन भन्दै ज्ञापन पत्र बुझाएर आएका छौं, संयोजक थेवेले भने,-`प्रहरीले  प्रशासनले फरार भएका ट्रिपर साहु शाहलाई अबिलम्ब उपस्थिति गराई घाइतेको औषधि उपचार खर्च वहन गराउन आग्रह गरेका छौं । उक्त आग्रहलाई पनि प्रहरी प्रशासनिक  क्षेत्रबाट सहयोग नगरे चरणबद्द सडक आन्दोलन गर्नेछौ ।´
लिम्बू दम्पतीका एक छोरी र दुई छोरा छ्न् । दुबै अभिभावक हस्पिटलमा उपचारर्थ हुँदा बिक्षिप्त बनेका छन् । हालसम्म करिव १० बढी रकम समितिले जुटाउँदै आएको छ । अस्पतालले केहिदिनमा खर्च डिपोजिट गर्न भनेको समितिका फुर्वा लामाले बताए ।
पत्रकार सम्मेलनमा अर्जुन थेवे, सामुहाङ लिम्बु, नरेन्द्र धिमाल, सोनाम तामाङ र निरु परियार लगायतले प्रहरीले सवारीधनीलाई उपस्थिति गराउनुपर्ने, उपचारको सम्पुर्ण खर्चको जवाफदेही प्रहरीले लिनुपर्ने चुनौतीसमेत दिएका थिए ।