चारआली । झापाको चारआलीमा विपद् ब्यवस्थापन सम्बन्धि एक दिवसीय कृत्रिम घटना अभ्यास बुधबार सम्पन्न गरेको छ ।FB_IMG_1749032026588

जिल्ला प्रशासन कार्यालय झापाको समन्वय र चारआलीस्थित नेपाली सेनाको अरीदमन गणको नेतृत्वमा हातेमालो सामुदायिक वन क्षेत्रभित्र निचाझोडा पर्यापर्यटन क्षेत्रमा सम्पन्न गरेको हो ।FB_IMG_1749032063720

अभ्यासका क्रममा नेपाली सेना र सशस्त्र प्रहरीले उद्दार तथा राहत वितरण गरेका थिए भने रेडक्रस सोसाइटी झापा र दुहागढी शाखाबाट स्वास्थ्य उपचार तथा उद्दार गरिएको थियो ।FB_IMG_1749032016939

मनसुनको समयमा खोला नालामा बहाव  आउँदा आइपर्ने जोखिम, घर, मानिस तथा पशुपन्छी बगाउँदा उद्दारको प्रक्रिया र प्राथमिकता स्वास्थ्य उपचारका बिषयमा अभ्यास गरिएको थियो ।FB_IMG_1749032049158

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक, सामुदायिक प्रहरी सेवा केन्द्र,  विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।