https://youtu.be/0kzLIFt_AZg?si=HGI78wj769HjuONu
मेचीनगर । भुमी समस्या सामाधान आयोगले आज बुधबारदेखि झापाको मेचीनगरमा पहिलो पटकपटक नापजाँच सुरु गरेको छ ।
लामो समयदेखि भुमीबिहिन भइ धनीपुर्जा नपाएका अव्यवस्थित बसोबासी र सुकुम्बासीका लागि समस्या सामाधान गर्दै धनीपुर्जा वितरण गर्न नापजाँच सुरु गरेको हो ।
मेचीनगर पालिकाको समन्वय र मेचीनगर -१३ को आयोजना तथा भुमि आयोगको प्राबिधिकले फुलबारी टोलबाट नापजाँच सुरु गरेको हो । औंपचारिक कार्यक्रम बिच मेचीनगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ब्यानर बाचन तथा नापजाँच गर्ने मेसिनम  पुजा गरेर समउद्घाटन गरेका थिए । प्रमुख बुढाथोकीले सरकार फेरिएपछी आयोग फेरिने प्रक्रियाका कारण वास्तविक भुमिबिहिनहरुलाई समयमै धनीपुर्जा वितरण गर्न नसकिएको बताए । उनले मेसिनको प्रयोगले सत्यतथ्य पहिचान हुने भएकाले प्रभावकारी हुने बताए । कार्यक्रममा मेचीनगरका १ देखि १५ वडा नम्बरमा ३१० धुरी भुमिहिन दलित, एक हजार आठ सय ६८ धुरी  भुमिबिहिन सुकुम्बासी र २ हजार नौ सय ९३ घुरी अव्यवस्थित बसोबासी रहेको ब्यवस्थापन संयोजक एबम् मेचीनगरका प्रशासकीय अधिकृत अनन्त वस्तीले जानकारी दिए ।
भुमीबिहिनहरुले ओगटेको क्षेत्रफल, ऎलानी जमिनको अवस्था
सार्वजनिक तथा  सरकारी जमिनको पहिचानको आधारमा नेपाल सरकारको भुमी ब्यवस्थापन सम्बन्धि ऐनको दफा ५२ ख अनुसार  नै नापजाँच गरिने जिल्ला भुमी समस्या सामाधान आयोगको
रामनारायण कुमार शर्माले जानकारी दिए । उनका अनुसार  श्रेस्ता कसैको पर्छपर्दैन, प्रती भुमिहिन १३० वर्गमिटर र प्रतिअव्यवस्थित बसोबासीलाई ३४० वर्गमिटर जमिन उपलब्ध गराएर निस्सा पाइसकेका मेचीनगरका २२ परिवारको सुरुमा नापजाँच गरिने छ । प्राविधिक टिममा ३ जना अमिन सन्तोष रम्तेलवेदकुमार यादव रहेका छन् ।
मेचीनगर -१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा सम्पन्न नापजाँच उद्घाटन कार्यक्रममा भुमी आयोगले कानुनले दिन मिल्नेलाई असारभित्रै लाल पुर्जा वितरण गर्न नगरपालिकालाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन वडासचिब पबित्रा बस्नेतले गरेकी थिइन् ।