कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा करेन्ट लागेर एक जंगली हात्तीको मृत्यु भएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार जंगलमा रहेको फलामको बिजुली पोलमा हात्तीले धक्का दिँदा हाईटेन्सन लाइनमा करेन्ट प्रवाह भई हात्तीको सुड र एक दाँत जलेर घटनास्थलमै मृत्यु भएको हो।





















































