बाहुँन्डागी । झापाको मेचीनगर नगरपालिका-१ सुनारे टोलस्थित सिद्धिखोलाको नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । इलाम रोङ गाउँपालिका-६ बस्ने ५६ वर्षीय भगिरथ तामाङको नहरमा डुबेर मृत्यु भएको हो ।
सिद्धिखोलाबाट मेचीनगर-२ भृकुटीसम्म सिँचाईको लागि लगेको नहरको ढोकामा घोप्टो परेकाे अबस्थामा तामाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले टेलिफोनमार्फत प्रहरी चौकी तिरिङखोलामा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट टोली गएको जनाइएको छ ।





















































