झिलझिले । झापाको शिवसताक्षी-७ लालपानी मण्डलबस्तीस्थित ओमप्रकाश श्रेष्ठको मानव कङ्गाल फेला परेको छ । कृष्ण मण्डलको मकै बारीमा कङ्गाल देखेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए ।
शरीर सडेगलेको अवस्थामा फेला परेको उक्त कङ्गालको कपडा र मालाको आधारमा स्थानीय भीम श्रेष्ठको ४४ वर्षीय छोरा रहेको पुष्टि भएको थियो ।
श्रेष्ठले आफ्नो छोराको मानसिक अवस्था गुमेको केहिदिनयता हराएको भनी खोजीका लागि गत मिति २०८२ जेठ १ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदनसहित हुलिया दिएका गरेका थिए । सोही हुँलियाको आधारमा श्रेष्ठको छोरा भएको पुष्टि गर्दै सनाखत गराएका थिए ।





















































