चारआली । १८ औं गणतन्त्र दिवसकाे अवसरमा झापाको चारआलीमा झण्डात्तोलन गरी मनाइएको छ । मेचीनगर-१३ को वडा कार्यालयको आयोजनामा चारआली चोकमा औपचारिक कार्यक्रमबीच झण्डात्तोलन गरिएको थियो ।
वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा जनताको अपेक्षानुसार गणतन्त्रपछीको उपलब्धिको चर्चा गरिएको थियो ।
पुर्व वडा प्रतिनिधि पर्शुराम राजबंशीले गणतन्त्रले आम जनताको अपेक्षाअनुसार नै उपलब्धि क्रमागत रुपमा पूरा गर्ने बिश्वास व्यक्त गरेका थिए । चारआली चोक र १३ नम्बरको वडा कार्यालय प्रवेशद्वार झण्डात्तोलन गरिएको थियो । सो क्रममा वडाध्यक्ष सिग्देलले जनभावनानुसार गणतन्त्रले देशको ब्यवस्था बदलेपनि अवस्था बदल्न नसक्दा समस्या देखिएको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी, राजनीति दलका कार्यकर्ताको सहभागीता रहेको थियो ।





















































