चारआली । पुनर्वहालीको माग राख्दै चार दिनयता धर्ना दिइदै आएका नेपाल आयल निगमका कर्मचारीको आन्दोलनलाई  स्थानीय राजनीति दलहरुले समर्थन जनाएका छन् ।
नेपाल आयल निगम मेचीनगर-१३ चारआली शाखा प्रमुख गीता सापकोटाले त्यहाँ कार्यरत कर्मचारीलाई निश्काशन गरेपछी पुनर्वहालीको माग अघि सार्दै पीडित पाँच जना कर्मचारीले शनिबारदेखि धर्ना दिइदै आएका छन् ।
प्रक्रिया बिना नै निश्कासन गरिएका कर्मचारीको पुनर्वहालीका लागि बुधबार स्थानीय राजनीति दलले एक्यवद्धता जनाएका हुन् ।Screenshot_2025-05-28-20-15-25-879_com.whatsapp-edit 1
बुधबार निगम परिषरमा मेचीनगर-१३ का अध्यक्ष कृष्णराज सिग्देलको संयोजकत्वमा सर्वपक्षीय छलफलमा, नेकपा  एमालेका भोजराज पराजुली, नेपाली काङ्ग्रेस सभापति श्रीराम मरासिनी, माओवादी केन्द्रका अध्यक्ष सोनाम तामाङ, रास्वपा प्रतिनिधि कृष्णप्रसाद सिग्देल, पर्शुराम शंकर, राप्रपाका बद्री महत लगायत नागरिक समाज, समाजसेवीहरुले पुनर्वहालीको आन्दोलनलाई एक्यवद्धता जनाएका थिए ।
कार्यालय प्रमुख सापकोटाले चार महिनाअघि पाँच जना कर्मचारीहरु गोविन्द पाठक, अमोद भट्टराई, शान्ता पोखरेल, अस्मिता विक, चन्दकान्त लाल दासलाई बिना कारण कामबाट हटाएको पीडित कर्मचारीको भनाई छ ।
कामबाट हटाइएपनी पटकपटक आफुहरुलाई के कारणScreenshot_2025-05-28-18-07-32-619_com.android.chrome-editले कामबाट हटाएको हो सोधपुछ गर्दा कार्यालय प्रमुखले जवाफ नदिएको र पुनर्वहाली माग राख्दा समेत सुनुवाइ नभएकाले आन्दोलनको कार्यक्रमस्वरुप धर्ना बसेको पीडित गोबिन्द पाठकको भनाई छ ।
उनका अनुसार चरणबद्द आन्दोलन अन्तर्गत निगमको गेट अगाडि दैनिक २ घन्टा धर्ना दिइँदै आएको छ । धर्नाबाट पनि पुनर्वहाली नगरे गेटमा ताला लगाउने कार्यक्रम अघि सारिएको उनको भनाई छ ।
बुधबार स्थानीय दलले समर्थन गरेपछि अझ हाम्रो आन्दोलनलाई बल पुगेको छ, पाठकले भने,-`लोकतन्त्रमा  जागीर दिने प्रमुख चाहिएको थियो, जागीर खाने प्रमुख पायौं´