मेचीनगर । वैदेशिक रोजगारमा पुगेर विभिन्न समस्या झेल्दै आएका नेपालीलाई उद्दारमा र सेवा दिइदै आएको राष्ट्र निर्माण मञ्च नेपालले झापाको मेचीनगर-१४ मा सामुदायिक घुम्ती क्लिक कार्यक्रम सञ्चालन गरेको छ ।
वैदेशिक रोजगारीमा जानुपुर्व श्रम कार्यालय, मेनपावर कन्सल्टेन्सी र बिदेश पुगेपछि ध्यानदिनुपर्ने सुरक्षा र कानुनी बिषयमा सहभागीहरुलाई सचेत गराइएको थियो ।
न्यायमा पहुँच, मानवअधिकार, आप्रवास, विपद्, शुसासन, महिला अधिकारका बिषयमा कानुनी क्लिनिक, आप्रवासन स्कुल, मनोसामाजिक परामर्श, कानुनी परामर्श र सहयोग, उद्दार तथा राहत लगायत बिषयमा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष अधिवक्ता निर्मल उप्रेतीले सहजीकरण गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवास संगठनले IOM को सहयोगमा कार्यक्रम सञ्चालन गरिएको संयोजक सुमन न्यौपानेले बताए । उनका अनुसार बिदेशमा मानव बेचबिखनमा परेकाको उद्दार र राहत राहत वितरण गर्दै आएको छ ।
मेचीनगर -१४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा तथा अन्तर्राष्ट्रिय आप्रवास संगठनका कार्यक्रम संयोजक अधिवक्ता निर्मल उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।





















































