चारआली । आफ्नो वडालाई लागुऔषधमुक्त बनाउने उद्देश्यले झापाको मेचीनगर-१३ वडा कार्यालयले दुइ दिवसीय `लागुऔषध नियन्त्रणका लागि सचेतना´ सुरु गरेको छ ।
वड नम्बर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सोमबार औपचारिक रुपमा उद्घाटन गरेपछि सचेतना सुरु भएको हो ।

उद्घाटनपछि बोल्दै अध्यक्ष सिग्देलले लागुऔषधमुक्त वडा बनाउन प्रत्येक टोल समितिले सक्रिय ढंगले निगारानी बढाउन आग्रह गरेका थिए । आफ्नो टोलमा को-को दुर्ब्यशनीमा फसेको छ, त्यसको जवाफदेहिको रुपमा टोल समितिले निगारानी बढाएर नियन्त्रणमा सहयोग पुर्याउन आग्रह गरेका हुन् ।
कार्यक्रममा लागुऔषध विरुद्धका अभियानता सोमनाथ ढकालले सहजीकरण गरेका थिए ।

प्रत्येक टोलबाट दुईदुई जना गरी ३९ वटा टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी भएको सचेतना कार्यक्रम यमाकान्त घिमिरेको अध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।





















































