पाँचथर । घरायसी विवाद हुँदा पाँचथरमा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । पाँचथर याङवरक गाउँपालिका–५ दाहाल गाउँ बस्ने कृष्ण लिङ्देनको कुटाइबाट उनकी ४० वर्षीया पत्नी सम्झना भट्टराईको मृत्यु भएको हो । गत बैशाख ३ गते बिहान ३ बजे लिङ्देनले घरायसी विवाद हुँदा श्रीमती सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए । जिल्ला अस्पताल फिदिममा सामान्य उपचारपश्चात् घाइतेलाई थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

गएराति १२.२० बजे धरानमै उपचारको क्रममा सम्झनाको मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको र श्रीमतीलाई कुटपिट गर्ने लिङ्देनलाई अस्पतालबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयले जनाएको छ ।