मेचीनगर । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले आइतबार झापा मेचीनगरका दुइवटा छुट्टाछुट्टै स्थानमा मानवीय सहयोग स्वरुप खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ ।
स्मार्ट लेडीकी अध्यक्ष मन्जु उप्रेतीको अगुवामा मेचीनगर-९ कमल चोकका अग्निपीडित पुर्णिमा अधिकारीको परिवारलाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको हो ।IMG-20250525-WA0005
केहीदिन अघि विद्युतसर्ट भई अधिकारीको घर र घरभित्र जोह गरेको  ११ लाखबढीको धनमाल सामान पुर्ण रुपमा जलेर नष्ट थियो ।  कमजोर आर्थिक अवस्थाका अधिकारी परिवारलाई लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले खाद्यान्न सामग्री सहयोग गरेको थियो ।IMG-20250525-WA0002
त्यसैगरी आठ वर्षअघि सवारी दुर्घटनामा परी अङ्ग नचल्ने अवस्थामा ओछ्यान परेका झापा मेचीनगर-१२ का प्रेमकुमार बर्देवाको परिवारलाई खाद्यान्न तथा जिन्सी सहयोग गरेका थिए । परिवारकी सम्झना बर्देवालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
वर्देवाको कम्मरमुनिको भाग नचल्ने अवस्थामा रहेको छ । अग्निपीडित र स्वास्थ्यपीडितको घरमै पुगेर सहयोग गरेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष मन्जु उप्रेतीले जानकारी दिइन् ।IMG-20250525-WA0008
संस्थाले  दुबै पीडित परिवारलाई चामल-मुरैको बोरा, तेल, चाउचाउ, साबुन तथा फलफुलको काटुन, लत्ताकपडालागायतका सामग्री सहयोग पुर्याएको हो ।
खाद्यान्न र जिन्सी सामग्री वितरणमा प्रथम उपाध्यक्ष यशोदा उप्रेती, द्वितीय उपाध्यक्ष सरु खनाल, गोमा मैनाली खनाल र सचिव शिला भट्टराई बरालगायत कार्यसमितिका पदाधिकारीको संयुक्त उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको थियो ।IMG-20250525-WA0009
दैबी प्रकोपमा परेकाको उद्दार तथा सहयोग, बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, दुर्ब्यशनी बिरुद्धको अभियान, सार्वजनिक स्थलमा पिउने पानीको ब्यवस्थापन, हात्तीपीडितलाई हात्ती टर्चलाईट वितरणलगायतका सामाजिक र मानवीय सहयोग गर्दै आएको छ ।