बाहुनडाँगी । इनारभित्र पसेर पानी सफाइ गर्ने क्रममा झापाको मेचीनगरका दुईजना बेहोस भएका छन् । शुक्रबार साँझ ७ बजे मेचीनगर नगरपालिका–२ भृकुटी बस्ने २० वर्षीय युनिश प्रधानकाे घरको ३५–४० फिट गहिरो इनारभित्र सरसफाई गर्ने क्रममा बोहोस भएका थिए । 

इनारभित्र सफा गर्ने क्रममा अक्सिजन कम भई अचेत भएका थिए । प्रधानलाई उद्धार गर्नको लागि स्थानीय २२ वर्षीय सचिन राई इनारभित्र पसेका थिए । सचिन पनि बेहोस भएको पाएपछि उनिहरु दुबै जनलाई उद्दार गरेका थिए ।

युनिशलाई उपचारका लागि बिर्तासिटी अस्पताल विर्तामोड पठाइएको छ । सचिनको होश खुलेको प्रहरीले जनाएको छ ।