बिर्तामोड ।  नेपाल विद्युत प्राधिकरणले झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई सम्मान गरेको छ ।
प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरले एक कार्यक्रमका बीच बिएन्डसी अस्पताललाई उत्कृष्ट उपभोक्ताको रुपमा सम्मान गरेको हो ।
गत अनुसार २०८१ मा अस्पतालले विद्युत खपत र नियमित विद्युत महसुल भुक्तानीका आधारमा बिएन्डसी अस्पताललाई  सम्मान अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक हृतेन्द्र शाक्य, कोशी प्रदेशका राजिबकुमार सिंह र बितरण तथा ग्राहक सेवा निर्देशनालयका उप-निर्देशक दीर्घयुकुमार श्रेष्ठद्वारा हस्ताक्षरीत सम्मान पत्र अस्पताललाई प्रदान गरिएको थियो ।