चारआली । झापा मेचीनगर-१३ चारआलीमा त्रिदेव बहुमुखी क्याम्पसमा अध्ययपन गराउने शिक्षकले क्याम्पस प्रमुखमाथि निर्घात कुटपिट गरेका छन् ।

क्याम्पस सञ्चालनका बिषयमा गत जेठ ७ गते बैंठकमा शिक्षक गोपाल प्याकुरेलले प्याम्पस प्रमुख गोपिकृष्ण भट्टराईमाथि निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटपछि क्याम्पस प्रमुखको स्वास्थ्योवस्था भने सामान्य रहेको जनाएको छ ।
बैठकमा आफ्नो तर्क राख्न पाउने अधिकार भएपनी उठेका बिषयवस्तुमाथि तार्किक तर्क राख्न छोडेर शिक्षक प्याकुरेलले प्रमुखमाथि नै हातपत गर्दै कुटपिट गरेका थिए ।
कुटपिटपछि सहभागी शिक्षकहरुले छुट्याउन प्रायास गरेका थिए । छुट्याउन प्रयास गरेपछि पनि शिक्षक प्याकुरेलले प्रमुखलाई कुर्सी प्रहार गरेको सहभागी शिक्षकले बताए ।
उक्त बिषयको बारेमा क्याम्पस प्रमुख पीडित भएको भन्दै केही शिक्षकले स्थानीय प्रहरीकहाँ निवेदन दिन प्रयास गरेपनी क्याम्पस प्रशासन र शिक्षक प्याकुरेल समर्थकले छलफलको माध्यमबाट सामाधान गर्ने भन्दै घटनामा ढाकछोप गर्न निवेदन रोकेका थिए ।
निवेदन रोकेपछि तत्काल छलफल बस्न नसक्दा क्याम्पस प्रमुख थप पीडित बनेको जनप्रतिनिधिले बताए । माधव प्याकुरेलको अवकाशपछि केही महिनायतादेखि भट्टराईले क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सोही बिषयलाई लिएर आज १ बजे छलफल तय गरिएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरेले जानकारी दिए ।