बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाको -६ स्थित मिनी माउन्टेन अंग्रेजी माध्यमिक विद्यालयका १७ जना विद्यार्थीलाई हिस्टेरिया भएको आशंका गरिएको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख राम साहले उपचारमा संलग्न चिकित्सकहरुसँग उपचार र जाँच प्रमाणको आधारमा विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा समस्या भएको नपाइएको जानकारी दिए ।
उनले पनि केही विद्यार्थीले पानी पिए लगत्तै आलस्य हुँदै पेट  दुख्यो भनेपछि अरु विद्यार्थीले पनि लडीबुडी गर्दै पेट दुखेको पाएपछि अस्पताल पुर्याइएको थियो । विद्यालयको पानी र वातावरणको जाँच र अध्ययन गरिने बताए ।
मास हिस्टेरिया छात्राहरुको समूहमा रुने, काम्ने र कराउने बिरामी हो । यस घटनामा अधिकांश बिरामी छात्रा नै रहेको हुँदा मास हिस्टेरियाको लक्षण देखिएको हुनसक्छ । 
अपराह्न २ बजेतिर नृत्य कक्षापछि विद्यार्थीहरुले सार्वजनिक धाराको पानी पिएका थिए । त्यसपछि अचानक पेट दुख्ने समस्या आएपछि शिक्षकहरुले उनीहरुलाई उपचारका लागि नजिकैको आधारभूत स्वास्थ्य केन्द्र पुर्याएका थिए । त्यहाँ पनि पेट दुख्न कमी नभएपछि बिर्तासिटी अस्पताल पुर्याइएको हो ।