झापा । इभी माइक्रोबस र यात्रुबहाक बस एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् । धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर १ लाबरबोटेमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं १–०२–००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नं १–०२–००२ ख ०३७३ नम्बरको बस एकआपसमा दुर्घटना दुर्घटना भएको हो ।
दुर्घटनामा इभीमा सवार सुनसरी रामधुनी ३ बस्ने ५८ वर्षीया जानुकादेवी खतिवडा, भोजपुर १० बस्ने वर्ष २१ वर्षीय अमिर राई, सोही ठाउँ बस्ने ६१ वर्षीय हर्कबहादुर राई, २० वर्षीया सोफिया राई र इभी चालक भोजपुर ८ बस्ने ४० वर्षीय विपिन नेपाल घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको छ ।
बस चालक इटहरी १७ बस्ने ४९ वर्षीय कुलबहादुर मगरलाई प्रहरी चौकी मुलघाटले नियन्त्रणमा लिएको छ । बसमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको र बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।





















































