मेचीनगर । पत्रकारले एड्भान्स टेक्नोलोजीको प्रयोगबाट पत्रकारिता गर्न प्रेरित गर्ने उद्देश्यले गत बैशाख २६ गतेदेखि प्रेस क्लब मेचीनगरले सुरु गरेको  `एआई´ र `कानुन´ सम्बन्धी तालिम आइतबार सम्पन्न भएको छ ।
सोसल मिडियामा प्राविधिको प्रयोग बढेसँगै पत्रकारले टेक्नोलोजीको प्रयोगबाट मात्रै उन्नत र गुणस्तरीय सामग्री प्रस्तुत गर्न सकिने भएकाले उक्त तालिमको आयोजना गरिएको हो ।
IMG_20250511_141424
मेचीनगर पालिकाको आर्थिक सहयोगमा सम्पन्न २६ गते देखि सुरु भएको तालिममा बिषय विशेषज्ञ भानुभक्त आचार्यले `एआई´ सम्बन्धी तालिमको सहजीकरण गरेका थिए ।
उनले पछिल्लो समयमा `एआई´ को प्रयोगले छिटोछरितो र गुणस्तरीय सामग्री प्रदान गर्न सकिने तथा त्यसको मापदण्ड, आचारसंहिता र प्रयोग गर्ने तरिकाबारे सहजीकरण गरेका थिए ।IMG_20250511_141512
त्यस्तै आइतबार सितलकुमार मण्डलले गुगलको प्रयोग गर्ने तरिकाको बिषयमा सहजीकरण गरेका थिए । तारामणि सापकोटा सामाजिक संजाल, अनलाईनको प्रयोगमा कानुन जटिलताको बिषयमा सहजीकरण गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर पालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले पछिल्लो समय टेक्नोलोजीको विकाससँगै `एआई´को प्रयोग बढेकाले तालिम उपलब्धिमुलक बन्ने बिश्वास व्यक्त गरे ।
प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सन्तोष आचार्यले बोलेका थिए भने सञ्चालन प्रबिण अधिकारीले गरेका थिए । कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।