झापा । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्।
भारत र पाकिस्तानले युद्ध बिराम गरेका छन् । भारतीय विदेश सचिव विक्रम मिस्री र पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले एकअर्को देशको सहमति प्रयासलाई पुष्टि गर्दै युद्ध बिराम गरेको जनाएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् ।
भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समयअनुसार आज ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले पाकिस्तान सँधै यस क्षेत्रको शान्ति र सुरक्षाको पक्षमा रहेको र आफूहरूले देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् ।





















































