झापा । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका चर्चित समाजसेवी विनोद बस्नेतले आत्महत्या गरेका छन् ।

बिर्तामोड-१ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घटनाको बारेमा प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान सुरु गरेको डीएसपी विजय श्रेष्ठले जानकारी दिए । 

उनी घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेका थिए ।

मृतक बस्नेत झापा र जिल्ला बाहिरका विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा आबद्ध थिए । कृष्णबहादुर बस्नेतका जेठा छोरा उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष, समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक हुन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं-१ का कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका हुन् । उनी सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत हुन् ।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी 

घटनाको बारेमा