झापा । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाइएका  झापा बिर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालतले  धरौटीमा छोड्न  आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासले  २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्चको सो आदेशपछि शिवाकोटी आइतवार थुनामुक्त हुने भएका छन् । आज कागजपत्र मिलाउन समय नपुगेको, भोलि कानुन दिवस र पर्सी शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फFB_IMG_1746721908149FB_IMG_1746721911315बाट वकालत गर्दै आएका अग्रज कानुन व्यवसायी अशोक पोखरेलले बताए ।

यसअघि गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई बालिका बलात्कार प्रकरणमा अदालतले दोषी ठहरपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी ५ महिनादेखि बीएण्डसी अस्पतालमै छन् । त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।

जिल्ला अदालतले उनको स्वास्थ्य अबस्था ख्याल गर्न आदेश दिएपछि उनी एकदिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुष अन्तिममा बाहिरै बसेर मुद्धा लड्न पाउनेगरी उच्चमा ७३ नं निवेदन दिएका थिए ।

उच्च अदालतको सो आदेशप्रति पीडित बालिकाको परिवारले आपत्ति जनाएका छन् । उनीहरुले बलात्कारजस्तो जघन्य अपराधका अपराधीलाई न्यायालयले उन्मुक्ति दिनु उचित नभएको बताउँदै त्यस आदेशविरुद्ध माथिल्लो निकायमा जाने प्रतिक्रिया दिएका छन् ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था आफन्त नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।

कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको थियो ।बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।