मेचीनगर । `जनतासँग माओवादी´ अभियान अन्तरगत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश-१ ले आयोजना गरेको १० दिने `जनसंगीत अभियान-२०८२ ´बुधबार झापाको मेचीनगर-२, बौधमोडमा समापन भएको छ । 
गीत-संगीतबाट जनातालाई पार्टीको एजेन्डा बुझाउने उद्देश्यले २०८२ बैशाख १० गतेदेखि उदयपुरको कटारीबाट सुरु गरेको अभियान झापाको मेचीनगरको बौधमोडमा समापन भएको हो ।
प्रदेश -१ का सांसद गणेश उप्रेती शुसिलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर साम्पाङ, उपाध्यक्ष शिव डाँगी, झापाका इन्चार्ज रन्जित तामाङ, अध्यक्ष राजु  आचार्य, क्षेत्रीय इन्चार्ज तथा संयाेजकहरुको सहभागिता रहेको थियो ।
`समाजबादी सांस्कृतिक चेतना उजागरका लागि चुरे-तराई जनसंगीत अभियान-२०८२´ मा अखिल नेपाल जनसांस्कृतिक महासंघ प्रदेश-१ का कलाकारहरुले विभिन्न जातजातिका एकल तथा सामुहिक प्रस्तुत गरेका नृत्य प्रस्तुत गरेका थिए ।
राजाको पालामा नागरिकलाई गर्ने ब्यवहारपछि माओवादीले शसस्त्र बिद्रोह सुरु गरेको चित्रणसहितको नाटक प्रस्तुत गरिएको थियो ।
त्यसैगरी जनवादी गायक झन्कार बुढामगरले `पुर्व उठ फेरि, पश्चिम उठ फेरि, हिमाल उठ फेरि पहाड उठ फेरि´,`आमाको छाती लुच्नेहरु हो, जनताको पसिना चुस्नेहरु हो ? लगायतका आधा दर्जनौं जनवादी गीत प्रस्तुत गरेका थिए ।
कवि चेतनाथ धमला, गीत तथा संगीतकार भरत लामा, बिक्रम माओवादी केन्द्र मेचीनगरको ब्यवस्थापनमा आयोजित तथा जनसंगीत अभियानकी संयोजक रचना राई अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजन चिमरियाले स्वागत बिजय साम्पाङले सञ्चालन गरेका थिए ।