पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित फोक्सिहर खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
सोही वडास्थित पिपरतुङ बस्ने ६५ वर्षीय कृष्णबहादुर चिदी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
उनका अनुसार बेलटारीस्थित पूजामा जान्छु भनेर हिँडेका कृष्णबहादुर घरबाट करि ३ सय मिटर पश्चिमतर्फ रहेको भिरबाट तल खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।