झापा । हाल देभभर स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ। भारतको बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव पनि रहेको छ।

त्यसको प्रभावले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागहरूमा वर्षा भइरहेको छ । बिहानैदेखि काठमाडौंमा पनि वर्षा भइरहेको छ।

मौसमविद बिनु महर्जनका अनुसार शनिबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश लगायत पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।