इलाम । इलाममा ससुराले बन्चरो प्रहारबाट घाइते भएका ज्वाइँ जवेगुको उपचारका क्रममा मृत्यु भएको छ ।

तर घाइतेको अवस्थामा सुधार नआएको र आफन्तको आर्थिक स्थिति कमजोर रहेकाले जवेगुलाई हिजो राति ८ः४५ बजे बीएण्डसी अस्पतालबाट जिल्ला अस्पताल इलाम फिर्ता लगिएको थियो । आज दिउँसो १.१० बजे जिल्ला अस्पताल इलाममा उपचारको क्रममा जवेगुलाई डाक्टरले मृत घोषणा गरेका थिए । घाइतेको उपचारमा संलग्न रहेका ससुरा अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।