झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहित हिन्दू राज्य स्थापनाका लागि जेल जान तयार रहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित राप्रपाको आमसभामा बोल्दै नेता लिङ्देनले उक्त कुरा बताएका छन् ।
उनले चैत १५ गतेको राजबादी प्रदर्शनका क्रममा पक्राउ गरेर थुनामा राखिएका नेताहरूलाई निःशर्त छोड्न आग्रह गरेका थिए ।
“राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरु थुनिन तयार छौ,” उनले भने –“केपी ओली र रमेश लेखकजी, हाम्रा नेताहरू पक्राउ गरिएकोलाई हामीले ईखको रूपमा लिएका छौं । चुनाव जितेको जनताको प्रतिनिधिलाई खोरमा अपमानित ढंगले राखेका छन्, हाम्रो उपाध्यक्षलाई हत्कडी लगाएर दुनियाँलाई देखिस् भनेर हिँडाउनु भएको छ । यसले हामी होचिएका छैनौं। ईखको रूपमा लिएका छौं ।”
उनले सत्ता सँधैभरी कांग्रेस र एमालेको हातमा नहुने चेतावनी दिँदै जनता गणतन्त्रका गोठका गाईवस्तु नभएको बताए ।





















































