बिर्तामोड । झापामा ट्रयाक्टरबाट झरेर  एक वृद्धको मृत्यु  भएको छ । झापा गाउँपालिका वडा न.३ झाँटीस्थित भित्री पक्की सडकखण्डमा लिफ्टमा ट्याक्टर चडेका वृद्धको मृत्यु भएको हो । 

मे.१ त. ४१०७ नं.को ट्रयाक्टरमा लिफ्टमागेर यात्रा गरेका सोही ठाउँका ६० वर्षीय रमेश हस्दा लिप्ट मागेर चढेका थिए । अचानक बेहोस भई उनी ट्रयाक्टरबाट झरेर घाइते भएकोमा उपचारको लागि स्वास्थ्य चौकी शरणामति पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा साँझमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरका धनी चालक देवकुमार गणेश सोही ठाउँ बस्ने र ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।