मेचीनगर । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले झापाको मेचीनगर-३ बडाखालमा प्रथम वडास्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

वडा कार्यालय मेचीनगर-३ को आयोजनामा हुन लागेको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता हुनेछन । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने वडा खेलकुद प्रतियोगिताका संयाेजक वडा सद्स्य खेम सावाँले जानकारी दिए।

नव ज्योति निमाबिको खेल मैदानमा आयोजना गरिने प्रतियोगितामा सहभागिता जनाउने वडाले वडाभित्रकै खेलाडीलाई सहभागिता गराउनुपर्ने वडा सचिव मनकुमार पराजुलीले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि वडा कार्यालयबाट दुई लाख बिनियोजन भएको आयोजक समितिका सचिव राजकुमार रायाले बताए ।