मेचीनगर । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका छिरिङ लामाको आगलागी हुँदा एकलाख पचास हजारबढीको क्षति भएको छ ।
मेचीनगर–६ काँकरभिट्टाका ६० बर्षिय मिङ्ममार छिरिङ लामाको घरमा बुधवार १०ः४० बजेको सयमा आगलागी भएको हो ।
लामाको आफ्नै घरको चार तलामाथि छतमा पुरानो ईलेक्ट्रिक सामानहरु मर्मत गर्ने क्रममा अचानक ब्याट्रीको तारसर्ट भई आगलागी भएको थियो ।
आगलागीबाट पुरानो ईलेक्ट्रिक सामानहरु-पुरानो टि.भी, बिजुलीको बल्ब, ग्लेण्डर, ल्याप्टप, तारलगायतका एक लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । उक्त आगो प्रहरी र स्थानीय ब्यक्तिहरुको सहयोगमा १०ः५५ बजे पूर्ण रुपमा नियणत्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





















































