काँकरभिट्टा । सशस्त्र प्रहरीले झापाको मेचीनगर ६ झिल्केघाँम टोलमा २ वटा गोदाममा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले लाखौं मूल्य बराबरको सामग्री बरामद गरेको हो ।
प्रहरी टोलीले चेक जाँच गर्दा स्थानीय मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको सशस्त्र प्रहरी झापाका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।
शसस्त्र प्रहरीको गण र राजस्वले बरामद गरेको उक्त ठुलो परिमाणको सामग्रीबारे शसस्त्र प्रहरी बल सीमा सुरक्षा काँकरभिट्टालाई जानकारी नभएको बताइएको छ ।





















































