झापा ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेसँगै सरकारको चौतर्फी बिरोध भएको छ । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयलगतै शाक्यलाई कार्यकारी निर्देशक बनाएको हो। सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।