चारआली । विश्व पानी दिवसको अवसर पारेर चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मेचीनगर–१२ सामुदायिक विद्यालयमा निःशुल्क धारा जडान गरिदिएको छ ।
संस्थाका अध्यक्ष राजन चिमरियासहितको टोलीले मेचीनगर–१३ स्थित शान्ति आधारभूत विद्यालयमा धारा जडान गरिएको हो । धारा जडान गरे वापतको धरौटी रकम १० हजार रुपैयाँ मिनाहा गरिएको खानेपानी संस्थाले जनाएको छ । उक्त विद्यालयमा करिब ७० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न धारा जडान गरिएको अध्यक्ष चिमरियाले बताए । विद्यालयमा धारा जडान गर्नका लागि संस्थाका अध्यक्ष चिमरिया, सचिव प्रेमसागर घिमिरे, खानेपानी कार्यालयका कर्मचारी तथा प्राविधिक, इकाइ समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।





















































