बिर्तामोड । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।