धुलाबारी । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी पुरस्कृत भएकी छन् ।

धुलाबारीस्थित होटल रोयल निर्भाणमा संघको २० औँ बार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान एबम् पुरस्कृत गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् । त्यस्तै, उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ ।

उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।