सिन्धुपाल्चोक । प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ। आज ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।
प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।





















































