झापा । ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रका नो-केवलकार पक्षधरले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले सोमवार फागुन २८ गतेदेखि चैत २५ गतेसम्मका बिभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 


उनका अनुसार जस अन्तरगत तेह्रथुम, पाचथर, धनकुटा, संखुवासभा र ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी, सोलु, खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरको भेला तथा छलफल साथै काठमाडौ उपत्यकाको भेला तथा छलफलमा चैत ४ गते अन्य जिल्लाको भेला तथा छलफल र अन्तर जातीय समन्वय तथा भेलाका बिषयमा छलफल गरिनेछ ।