कास्की । कास्की केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प आसपासका जिल्लामा पनि महशुस भएको थियो। यसअघि फागुन २४ गते बिहानै बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।