मेचीनगर । झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीस्थित मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु भएको छ ।
गत कात्तिक २८ गते मानव सेवा आश्रमका कर्मचारी खगेन्द्र बि.क.ले निन्दा खोलाबाट वतन नखुलेका बेवारिसे पुरुष अन्दाजी ६६ वर्षका गिरीराज मानवलाई उद्धार गरी आश्रममा लिएर गएका थिए । आइतबार दिउँसो आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी टोली खटिएर कानुनी प्रकृयालगायत अन्य थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।





















































