मेचीनगर । प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा तथा छौठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
फागुन ७ गते सम्पन्न निर्वाचनबाट सर्वसम्मत भएका कार्यसमितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि संघीय सांसद एबम् नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा र विशेष अतिथि मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले निर्वाचन समितिले तयार पारेको प्रमाणपत्र बितरण गरेका थिए । त्यसैगरी निवर्तमान समितिले नवनिर्वाचित समितिलाई माइनुट र अध्यक्षसहित पदाधिकारीहरुको पद हस्तान्तरण गरेका थिए ।
निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न प्रमाणपत्र बितरण तथा पद हस्तान्तरण कार्यक्रममा संघीय सांसद एबम् नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, पत्रकार महासंघ कोसी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारी, चारआली शहरी खानेपानी संस्थाका अध्यक्ष राजन चिमरिया, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, प्रेस क्लब मेचीनगरका संस्थापक सन्तोष आचार्य, निवर्तमान अध्यक्ष मुक्ति पौडेल, डम्बर बराल र लगायतले नवनिर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले आगामी कार्यकालको प्रतिबद्धतासहित समापन गरिएको थियोे ।
मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र निरौलाले स्वागत र निर्वाचन समितिका सदस्य प्रकाश उप्रेतीले सञ्चालन गरेका थिए ।





















































